चारदिने भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष प्रचण्ड आजदेखि भेटवार्ता, यस्ताे छ तालिका

काठमाडौं, भदौ २२ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दैछन् । चारदिने भ्रमणका लागि हिजो नयाँ दिल्ली गएका नेकपा अध्यक्ष प्रचण्डले आज राजनीतिक भेटघाटमा ब्यस्त हुनेछन् ।

आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको गर्नेछन् । आज गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नेछन् ।

सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर प्रचण्डले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेपनि कार्यतालिका रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि भेटवार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति- सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =