घोडाले हान्दा एक बालकको ज्यान गयो

पुस १२, सल्यान । घोडाले हान्दा गोठमा खेल्दै गरेका एक वालकको ज्यान गएको छ ।   

वनगाड कुपिण्डे नगरपालिका-१ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाको ज्यान गएको हो । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए ।   

घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =