प्रधानमन्त्रीको पुख्र्यौली घरमा स्वागतको रौनक

फागुन ११, तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्मदिनको अवसरमा आफ्नो पुख्र्यौली घर तेह्रथुमको आठराई आउने भएपछि बिहानैदेखि रौनक बढेको छ ।
प्रधानमन्त्री आफ्नो जन्मदीन मनाउँन पुख्र्यौली घर आठराई ४, तीनसल्ले खानी गाउँ आउने भएपछि उनलाई स्वागतका लागि स्थानीय देखि १ नं. प्रदेशका नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ ।
प्रधानमन्त्री ओलीको स्वागतमा गाउँ नै सिंगारिएको छ । ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएका छन् । ओलीको पुख्र्यौली घरलाई सजाइएको छ । आँगन लिपपोत गरिएको छ । प्राइममिनिस्टर केपी शर्मा ओली ह्याप्पी वर्थडे लेखिएका ब्यानर लिएर स्थानीय युवा तथा नेकपाका कार्यकर्ता उभिएका छन् । भने, स्थानीयहरुको ठूलो भिड लागेको छ ।

प्रधानमन्त्रीले आजै त्यहाँ ‘केपी शर्मा ओली फाउण्डेशन’को समेत शिलान्यास गर्ने कार्यक्रम छ । ओली फाउण्डेशनको नाममा २ सय रोपनी क्षेत्रफलमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना छ ।








