श्रीलंकालाई नेतृत्व हस्तान्तरण गर्दै सकियो बिमस्टेक शिखर सम्मेलन

काठमाडौँ, भदौ १५ । काठमाडौँमा बिमस्टेकको चौँथो शिखर सम्मेलन समापन भएको छ । १८ बुँदे घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो सम्मेलन काठमाडौंमा समापन भएको हो ।

शिखर सम्मेलनमा सहभागी भएका बिमस्टेकका सातै राष्ट्रका प्रमुखहरुले १८ बुँदे घोषणा पत्रमा हस्ताक्षर गरेका छन्।

यसैगरी बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुले पावर ग्रिड कनेक्टिभिटी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।

बिहीबार सुरु भएको शिखर सम्मेलनमा बंगलादेश, भुटान, भारत, नेपाल, श्रृलंका, म्यनमार र थाइल्याण्डका राष्ट्र तथा सरकार प्रमुख सहभागि भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =