इनारमा पुरिएका युवकको उद्धार जारी

काठमाडौं । निर्माणाधीन घरको इनार खन्ने क्रममा पुरिएका युवकको उदार कार्य भईरहेको छ । चन्द्रागिरि १२ दुरसंचार पछाडी निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि ती युवा पुरिएपछि स्थानियले खबर गरेका हुन् । 

 

जिल्ला सिन्धुली घर भई चन्द्रागिरी ६ बस्ने वर्ष ३५ को राम माझी इनारको रिङ्ग हाल्ने क्रममा माटोको डिस्को आई पुरेको स्थानियहरू बताउँछन् । 

null

 

३० फिट गहिरो ईनारमा पुरिएका माझीलाई उद्धार गर्न, महानगरीय प्रहरी वृत्त थानकोट, प्रभाग वलम्वु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली, सशस्त्र प्रहरी बल निलवाराही, नेपाली सेनाको जगदल, बृजिङ्ग महाशाखा थानकोटका टोलीले घटना स्थलमा उद्धार गरिरहेका छन् । 

 

निर्माणधिन इनारमा फेसेका माझीको उद्धार गर्न कार्य हिजो करिव ४:३० देखि प्रयास जारी रहेको बताईएको छ । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =