नेकपाको फण्डा : महरालाई सफाई, तुम्बाहाङ्फेलाई मन्त्री पद

फागुन ५, काठमाडौं । सोमबार मुलुकको राजनैतिक वृत्तमा दुईवटा संयोग भएका छन् । एउटा संयोग निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको घटनामा पाएको सफाइ । अर्को हो निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पाएको मन्त्री पद । यी दुबै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरुमा पर्दछन् ।
शिवमाया मन्त्री निवासमा छिर्नै लाग्दा, महरा पनि साँढे तीन महिनापछि आफ्नो निवासमा छिर्न पाउने भएका छन् । महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि सांसद पदबाट मात्रै हात धुनु परेन, जेलसम्म जानु पर्यो । निवर्तमान उपसभामुख तुम्बाहाङ्फेले पूर्वएमाले र पूर्वमाओवादीको लडाईंमा उपसभामुख पदबाट राजीनामा दिनु परेको थियो ।
जवरजस्ती करणी घटनामा महरा जेल चलान भएको साँढे चार महिनापछि उनले सफाई पाएर पुलकीत हुँदा शिवमायाले पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको पद पाइन् । तुम्बाहाङ्फेको शपथ ग्रहण आज नै हुँदैछ ।

महराले राजीनामा दिएपछि रिक्त सभामुख पदकालागि एउटै पार्टीबाट शक्ति संघर्ष हुँदा लामो समय संसद चल्न सकेन । भने, सभामुख पद परिपूर्ति गर्न नेकपालाई हम्मेहम्मे परेको थियो । उक्त राजनैतिक संघर्ष पछि भर्खरै मात्र पूर्व माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख भएका छन्, भने उपसभामुख पद अझै रिक्त छ ।








