खेतीपाती गर्नेकै जीवनशैलीमा लक लागेपछि…

वैशाख १, विराटनगर । ‘करुना, करुना भन्छ, मान्छेले, खेति चौपटै भइसक्यो’ ५६ वर्षिय चैनु शाह भन्छन् । कोरोना भईरस संक्रमणको बढ्दो जोखिमसँगै लकडाउनले देशको कृषि क्षेत्रमा मात्रै नभएर यो समय हरेक व्यवसायीक क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।   

देशको अर्थतन्त्र डामाडोल भएको छ । बैशाख १ गते अर्थात नेपाली नयाँ वर्षको दिन मध्य दिँउसो खेतमा भेटिएका जहदा गाँउपालिका डङग्राहा मुखिया गहुँ थन्काएर नयाँ बाली लगाउनका लागि खेतमा मल तयार पार्दै थिए ।  

  

उनलाई नयाँ वर्षको भन्दा पनि नयाँ बाली कसरी लगाउने भन्ने चिन्ता छ । पटुवा र मुङ दालको लागि खेत सम्याउने मल लगाउने काम गर्दै थिए ।   

उनलाई कोरोना भाईरस भन्ने थाहा छ । सामाजिक दुरी राखेर काम गर्नु पर्छ भन्ने थाहा भएर नै घरबाट आफु मात्रै खेतमा काम गर्न आएको उनले सुनाए ।   

अलिक धेरै मान्छे भयो भने प्रहरीले घर पठाउने गरेको उनले सुनाए । लकडाउनले गर्दा बाहिर निस्कन हुँदैन भन्छन्, डरै सरी  खेत जोतेको मुखियाले सुनाए । उनले कमाई गर्दै आएको खेत साहुको रहेको बताए । वर्षमा ४० हजार साहुलाई बुझाउनुपर्छ, उनले भने ।   

तर कोरोनाको डरसरी काटेको गँहु घरैमा थन्केको उनले गुनासो  सुनाए । बजारमा बेच्न लग्यो ग्राहक किन्न आँउदैन त्यतिकै सामान घर फर्काएर ल्याउनुपर्छ, अब साहुलाई कसरी पैसा तिर्ने गाह्रो छ ,उनले दुखेसो पोखे । 

बाउ बाजेदेखिको पेशा कृषि भएकाले अन्य आयश्रोत नरहेको मुखियाले बताए । उनको दश जनाको परिवारबाट नै चलिरहेको उनले बताए । अब यस्तै अवस्था चलिरहयो भने आउने दिन कसरी चल्ने भन्ने उनी चिन्तामा छन् ।   

उनको खेत छेवैमा भेटिएका लालुराम यादवको पनि हाल उस्तै छ । उनले पनि गँहु भरर्खरै घरमा थन्काएको सुनाए । उनको पनि पेशा खेति किसान नै रहेको बताए । उनले मकै खेति गरेका छन् । उनको पनि कमाई खाने खेत आफ्नो नभई साहुको रहेको बताए ।   

उनले पनि वर्षको ४० हजारमा ठेक्का लिएको सुनाए । सँधै लकडाउन नहँदा हरियो मकै किन्न खेतमा नै मान्छे आउने भए पनि लकडाउनको कारण एक जना मान्छे पनि नआएको गुनासो सुनाए ।   

नुन, तेल खाने छोराछोरी पढाउने खर्च यहि थियो, करुना (कोरोना) र लकडाउनले डामाडोल बनाइदियो उनले भने । लकडाउनले गर्दा बारी जोत्नका लागि  टयाक्टर पाउन छोडको उनले बताए ।   

हुन त शहर बजारमा यो समय सबै क्यारेन्टाइनमा बसेका छन् हुनेले महिनौ दिन पुग्ने उपभोग्य सामाग्री स्टक गरेर राखेको भए पनि गाँउमा जो खेति किसान गरेर जिविकोपार्जन गर्छन् उनीहरुको दैनिक जिउने जीवनशैलीमा नै लक लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =