मेकअप नधोई सुतेमा स्वास्थयलाई गर्छ यती धेरै हानी

भाद्र ११ ।  मेकअप लगाएर सुत्ने गर्नु भएको छ ? चाहे त्यो बिर्सेर होस्, बाध्यताले होस् वा थकानले, मेकअप लगाएर सुत्नु पटक्कै राम्रो होइन। 

मेकअपको बाक्लो लेअर अनुहारमा लगाउनु राम्रो बानी होइन। लामो समय यस्तो मेकअप छालामा राखिराख्दा छालाले वातावरणबाट पाउने अक्सिजन लगायत अन्य आवश्यक रसायन लिन सक्दैन। जसले छाला चिलाउने, पोल्ने हुन्छ। 

जलन गराउँछ 

मेकअप लगाएर सुत्न कहिल्यै सुझाव दिइदैन। अझ फाउन्डेसनले सबैभन्दा बढी हानी गर्छ। यो तैलिय हुन्छ र छालामा जोडसंग टासिन्छ। मेकअप सफा नगरि सुत्दा यो छालाको स-साना छिद्र भित्र छिर्छ, जसले छालामा जलन बढाउँछ, डण्डिफोर काला धब्बा आउँछ। 

लिपिस्टिक र मास्कारा 

मास्कारा नहटाइ सुत्दा यो आँखा भित्र छिर्न सक्छ जसले आँखा चिलाउने हुन्छ। त्यस्तै लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्ने समस्या सुरु हुन्छ। 

छालाले अक्सिजन पाउँदैन 

मेकअपको बाक्लो लेअरको कारण छालाले चिल्लो र धुलो जम्मा पार्छ। र मेकअप लगाएरै सुत्दा छालाले स्वास फेर्न पाउँदैन (अर्थात छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन) जसले छाला चाउरी पर्ने समस्या सुरु हुन्छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =