मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीया बालकको मृत्यु

पुस २७, विराटनगर । विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ भने अर्की एक बालिका घाइते भएकी छिन् । 

विष्फोटमा परी स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका कुमारी घाइते भएकी हुन् । 

घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

null

पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्केको स्थानीयले बताएका छन् । बिस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =