बिराटनगरमा महिलामाथी छुरा प्रहार गर्ने युवा पक्राउ

असोज १६, विराटनगर । बिराटनगरमा सिटी सफारीको विषयमा विवाद उत्पन्न हुँदा महिलालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा एक पुरूषलाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१० सोमबारे हाटका ३३ वर्षीय सिटी सफारी चालक मेघराज मण्डल रहेका छन् ।   

प्रहरीका अनुसार मेघराजेले  ३४ वर्षिय छिमेकी मायादेवी मण्डलको घरमा सिटी सफारीको ब्याट्रि चार्ज गरेपछी मायादेवीले बिल धेरै उठेकाे भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहिबार  बिहान ११ बजे मायादेवीलाई छुरा प्रहार गरी घाईते बनाएका थिए ।   

मायादेवीलाई छुरा प्रहार गरी फरार रहेका  मेघराजलाई भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

घाइते मायादेवीको उपचार हाल कोशी अस्पतालमा भईरहेको छ भने उनको टाउकोमा चार टाँका परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका मेघराजमाथी कारवाहीको लागि अघी बढाई अवश्यक अनुसन्धान भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =