वीपी प्रतिष्ठानका शिक्षाध्यक्ष डा. खनाललाई पूर्ण अधिकार सहितको कार्यवाहक उपकुलपतिको जिम्मेवारी

असोज १६, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाएका छन् । केही महिना अघि प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुस रकम सहित रंगेहात पक्राउ गरेपछि प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा. खनालले निमित्त उपकुलपतिको जिम्मेवारी संहालिरहेका थिए ।   

प्रतिष्ठानका सहकुलपति, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सिफारिसमा डा. खनाललाई प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । डा. खनाललाई उपकुलपतिको जिम्मेवारी दिइसकेको पत्र प्रतिष्ठानमा आइसकेको छ । डा. खनाललाई उपकुलपतिको सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।   

प्रतिष्ठानको निमित्त उपकुलपति हुँदा डा. खनाललाई प्रतिष्ठानको तलब, विजुली, पानी, टेलिफोन र दैनिक कार्यसञ्चालनको मात्र खर्च गर्न सक्ने अधिकार थियो । अब पूर्ण अधिकार सहित कार्यवाहक दिएपछि डा. खनाललाई प्रतिष्ठानमा काम गर्ने अवसर मिलेको छ ।   

प्रतिष्ठानको दयनीय अवस्थामा उपकुलपति भएका डा. खनालका सामु प्रतिष्ठानको गरिमालाई पुर्नजिवित गर्ने ठूलो चुनौति छ । प्रतिष्ठानमा देखिएका विक्रिति विसंगती र भ्रष्टाचार नियन्त्रण गर्न, स्वास्थ्य सेवा गुणस्तरीय र चुस्तदुरुस्त बनाउन तथा प्रतिष्ठानमा निर्माणाधिन विकास निर्माणलाई सुचारु गर्न डा. खनाललाई बाटो खुलेको छ ।   

पूर्ण अधिकार सहितको कार्यवाहक उपकुलपति नियुक्तिको पत्र आएपछि डा. खनालले आफुलाई अब काम गर्ने बाटो खुल्ला भएको बताए । मकालु खबरसँग कुरा गर्दै डा. खनालले भने–‘प्रतिष्ठानलाई अगाडी बढाउन समस्या थियो, प्रधानमन्त्रीज्यूबाट पूर्णअधिकार सहितको उपकुलपतिको जिम्मेवारी दिएको पत्र आएको छ । अब मलाई काम गर्ने बाटो खुलेको छ ।’ डा. खनालले भने–‘प्रतिष्ठानको अधिकतम हितका लागि काम गर्नेछु ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =