क्वाँटी खानुकाे यती धेरै स्वास्थ्य फाईदा

 

साउन ३० । जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ । यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ। 

मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। क्वाँटी एक प्रकारको हिन्दु धर्मावलम्बिहरुले हिन्दु परम्परा अनुसार मनाईने पर्व जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । भिन्दा भिन्दै चाडपर्वको भिन्दा भिन्दै परिकारहरु छन्। यो झोल खानेकुरा हो अर्थात टुसा उम्रिएको गेडागुडीको सुप हो। 

null

क्वाँटीले स्वास्थ्यमा पार्ने फाइदा 

-कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो। 

– मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । 

– यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ । 

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ । 

– यो सजिलै पाच्य हुन्छ । 

– पेटमा अनावश्यक वायु बनाउँदैन । 

– क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । 

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ । 

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ । 

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । 

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । 

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ । 

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ। 

– पाचनशक्तिमा सुधार ल्याउँछ। 

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =