गर्मीमा पसिना गन्हाएर हैरान हुनुहुन्छ पसिना गन्हाउने कारण र बच्ने उपाय

भाद्र २ ।  गर्मी मौसममा पसिना आउनु स्वाभाविक नै हो । हरेक मान्छेको गर्मी मौसममा पसिना आउँछ । शरिरबाट यसरी पसिना आउनु भनेको स्वास्थ्यको लागि फाइदाको कुरा पनि हो । जति धेरै पसिना निस्कन्छ शरीर उति नै ओसिलो र फुर्तिलो हुन्छ । 

शरीरलाई पानी आवश्यक परे जस्तै शरीरबाट पसिना निस्कनु पनि त्यत्तिकै आवाश्यक कुरा हो । पसिनाले बिकार वस्तुहरु बाहिर निष्कासन गरी शरीरलाई चिसो बनाउने काम गर्छ । 

तर कतिपय मानिसको पसिना सहनै नसक्ने खालको दुर्गन्ध आउने खालको हुन्छ । यस्ता दुर्गन्ध आउने पसिनाको कारणले कतिपय अवस्थामा धेरै व्यक्तिहरु लज्जित पनि हुनु पर्ने हुन्छ ।  

Related image

पसिनाको दुर्गन्ध रोक्न हामी बजारमा पाईने बिभिन्न खालको बसनादार परफ्युप प्रयोग गर्ने  गर्छाै । तर यसरी यी परफ्युपले केही क्षणको लागि पसिनाको दुर्गन्ध कम गरेपनी हाम्रो स्वास्थ्यमा नकरात्मक असर पुर्याईरहेको हुन्छ ।  पसिना के कारणले गन्हाउँछ र यसबाट बच्ने उपायहरु तल बताईएको छ ।   

पसिना गन्हाउने कारण 

– वंशाणुगत कारण 

– ब्याक्टेरिया इन्फेक्सन 

– लसुन प्याजको प्रयोग धेरै गरेर 

– मसालेदार खानेकुरा धेरै खाएर 

– अल्कोहलको बढी प्रयोगले 

– जंक फुड खानाले 

-धुमपान गर्नाले 

बच्ने उपायहरू 

– दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने 

– हरेक दिन फिट्किरीको लेप लगाउने । 

– ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ 

– यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =