राजविराजमा एचिभर्स कन्सल्टिङ सर्भिसेसको शाखा विस्तार

राजविराज, २१ फागुन । राजविराजमा राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ । सो शैक्षिक केन्द्रको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सोमबार शिवरात्रीको अवसरमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए । उक्त शाखा राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा स्थापित छ ।
परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित जानकारी दिने बताए । उनले शैक्षिक परामर्श केन्द्र राजविराजसहित विराटनगर, लहान र नेपालगंजमा समेत संचालनमा रहेको बताए ।
null
उद्घाटन कार्यक्रममा निदेर्शक जयसवालले राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले भारत र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न तयारी कक्षाको समेत संचालन गरेको बताए ।
सो केन्द्रमा ब्रिज कोर्स, सिटीइभीटीको इन्ट्रान्स कक्षा तयारीका साथै मेडिकल, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, पारा मेडिकल, नर्सिङ्ग, फार्मेसी, लगायतबारे परामर्श दिने जनाइएको छ ।
यसैगरी शाखाबाट बीबीए, बीकम, बीएसी मेडिकल ल्याब साईन्स, ब्याच्ल अफ टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट, ब्याचलर होटेल म्यानेजमेन्ट एण्ड केट्रिङ्ग टेक्नोलोजि, पोलिटेक्निक डिप्लोमा, विटेक, एमटेक, बीबीए, एमए, बीएसी एर्गीकन्चर, एमसीए लगायत कोर्समा पढन चाहने सप्तरीका विद्यार्थीहरुको लागि ठुलो अवसर रहेको राजविराज शाखाका परामर्शकर्ता कन्सल्टेन्ट रबी जैनले जानकारी दिए ।
राजविराज शाखाका लागि दिपक चौधरी र रवि जैनले परामर्शकर्ताको रुपमा जिम्मेवारी दिएको शैक्षिक परामर्श केन्द्रका निर्देशक जयसवालले बताए ।








