तीन सातादेखि तीनसय पचास घरधुरी अन्धकारमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
त्रिपुराकोट, साउन २७। लघु जविद्युतको बाँध खोलाले भत्काएको तीन साता बितिसक्दा पनि निर्माण नहुँदा ३५० घरधुरी अन्धकार भएका छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ लोकामा रहेको छलगाड बाँध निर्माण हुन नसकेपछि नगरपालिका अन्धकार भएको हो । अविरल वर्षाका कारण आएको बाढीले ६ साउनमा २० मिटर बाँध भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको थियो ।
बाँध निर्माणमा नगरपालिका र विद्युत् व्यवस्थापन समितिले तदारुपता नदेखाउँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
पैँतीस किलोवाट क्षमता भएको लघुजलविद्युत्को विद्युत् आपूर्ति बन्द हुँदा त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका कार्यालय तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित