वर्षाका कारण बंगलादेश र श्रीलंकाबीचको खेल अवरुद्ध

 

जेठ २८ ।  १२ औँ आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत श्रीलंका र बंगलादेशबीचको खेल बर्षाको कारण सुरु हुन सकेको छैन। 

व्रिष्टलमा हुने खेलमा वर्षा नरोकिएपछि टस समेत हुन सकेको छैन। 

null

जारी विश्वकप क्रिकेटमा अहिलेसम्म वर्षाका कारण दुईवटा खेल रद्द भइरहेका छन्। यसअघि श्रीलंकाको पाकिस्तानसँगको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो। यस्तै सोमबार दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल वर्षाका कारण रद्द भएको थियो। 

जारी विश्वकपमा श्रीलंका र बंगलादेश दुवै टोलीले एक–एक खेल जितेका छन्। श्रीलंकाले अफगानिस्तानलाई र बंगलादेशले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। 

दुवै टोली विश्वकपमा हालसम्म तीनपटक आमने–सामने भएका छन्। जसमा तीनवटै खेलमा श्रीलंका विजयी भएको थियो। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =