पुस २७ गते सार्वजनिक बिदा

पुस २३, नुवाकोट । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट  राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई  भुल्न नहुने जनाएको छ ।   

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको  नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । 

Image result for सार्वजनिक बिदा

गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =