विप्लव समूहका पोलिटब्यूरो सदस्य नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

पुस २६, काठमाडौं । नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।   

शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बिच कार्की नेकपामा प्रवेश गरेका हुन् । विप्लव समूहका कार्कीलगायत नेता, कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका थिए ।  

कार्यक्रममा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडेल, अग्नी सापकोटा, हितमान शाक्यलगायत उपस्थित थिए । 

तत्कालीन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य रहेका कार्की पार्टी फुटपछि वैद्य हुँदै विप्लव नेकपामा लागेका थिए। विप्लव समूहमाथिको प्रतिबन्धपछि कार्की २०७५ साल चैत १ गते ललितपुरको बालकुकारीस्थित डेराबाट पक्राउ परेका थिए। उनी १ सय ४३ हिरासतमा बसी २०७६ साउन २१ गते रिहा भएका हुन् ।   

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले कार्की केही समय यताउता अलमलिएर पनि मूलधार फर्किएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘साथीहरु फर्कने क्रम जारी छ, मलाई विश्वास छ, एकदिन अब विप्लव पनि आउनुहुन्छ। आउनुभएन भने कसैलाई पनि फाइदा हुँदैन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =