विश्व कुष्ठरोग दिवस : लक्षण र यसको उपचार

माघ १२ काठमडौं । आज विश्व कुष्ठ रोग दिवस । १९४५ देखि मनाउन सुरु गरिएको यो दिवस आज पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिएको छ । कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित आइतबार नेपालमा पनि यो दिवस मनाइँदैछ ।
कुष्ठरोग, जसलाई हान्सेन्स् (एचडी) रोग पनि भनिन्छ, यो एक जीर्ण संक्रमण हो जुन माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिसजीवाणु (ब्याक्टेरिया)का कारण हुन्छ। संक्रमण हुँदा सुरूसुरूमा कुनै लक्षण देखा पर्दैन र सामान्यतया ५ देखि २० वर्षसम्म यस्तै रहिरहन्छ।
स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा ग्रेन्युलोमा हुने लक्षणहरु देखा पर्दछ । परिणाम स्वरूप पीडा महसुस गर्ने क्षमता कम हुँदै जान्छ । र त्यसकारण बारम्बार चोटपटक लाग्नाले हात खुट्टाका भागहरू गुम्न गुम्दै जान्छन् । कुष्ठ रोग हुँदा कमजोरी हुने र दृष्टि कमजोर हुने पनि गर्दछ ।

विशेषगरि दुई मुख्य खालका रोगहरू छन् जुन कति सङ्ख्यामा जीवाणुहरू उपस्थित छन् भन्ने कुरामा आधारित हुन्छन्ः पौसिबेसिलरी र मल्टिबेसिलरी।
यी दुई प्रकारलाई शरीरमा कतिवटा वास्तविक रङ गुमेको, लाटिएको दाग धब्बा छ भन्ने कुराको आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम हुन्छ भने मल्टिबेसिलरीमा पाँचवटाभन्दा बढी हुन्छ । निदानलाई छालाको बायोप्सीद्वारा एसिड फास्ट बसिल्ली फेला पारेर वा पोलिमरेस चेन रिएक्सन मार्फत (डीएनए) पत्ता लगाएर निश्चित गरिन्छ। यो रोग गरीबीमा रहने मानिसहरूलाई बढी हुने गर्छ र सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना थोपाहरूको माध्यमबाट सर्छ भनी विश्वास गरिन्छ। तर रोग यो त्यति धेरै संक्रामक छैन।
कसरी गर्ने यसको उपचार ?
कुष्ठरोग उपचारद्वारा निको हुने रोग हो । पौसिबेसिलरी कुष्ठ रोगको उपचारको लागि ६ महिनासम्म ड्यापसोने र रिफाम्पिसिन औषधिहरू सेवन गर्नुपर्छ। मल्टिबेसिलरी कुष्ठ रोगको उपचारको लागि १२ महिनासम्म रिफाम्पिसिन ड्यापसोने र क्लोफेजिमाइन सेवन गर्नुपर्छ। यो रोगको उपचार विश्व स्वास्थ्य सङ्गठनद्वारा निःशुल्क प्रदान गरिएको छ ।
केही सङ्ख्यामा अन्य एन्टिबायोटिहरू पनि प्रयोग गरिन सक्छ। सन् २०१२ मा विश्वभरमा कुष्ठ रोगको १,८९,००० जना दीर्घकालीन र २,३०,००० जना नयाँ बिरामी देखा परेका थिए । दीर्घकालीन बिरामीहरूको सङ्ख्यामा सन् १९८० को दशकको तुलनामा धेरै गिरावट आएको छ । जुन समयमा रोगीको सङ्ख्या लगभग ५२ लाचख थियो । धेरैजसो नयाँ बिरामीहरू १६ राष्ट्रमा देखा पर्ने गर्छन्, जसमध्ये भारतमा आधाभन्दा बढी नयाँ बिरामी रहेको तथ्याङ्कले बतायो छ । विगत २० वर्षमा १ करोड ६० लाख कुष्ठ रोगीका बिरामीको उपचार गरिएको छ ।
यस्तो छ यस रोगको इतिहास
कुष्ठरोगले मानव जातिलाई हजारौँ वर्ष देखि प्रभावित गर्दै आएको छ । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द लेप्राको आधारमा राखिएको हो, जसको अर्थ हो ‘कत्लादार’ र ‘हान्सेन्स् रोग’ उक्त रोगको नाम चिकित्सक जेर्हार्ड अर्मउर हान्सेनको नामबाट राखिएको हो ।
कुष्ठरोग लागेका मानिसहरूलाई लेपर कोलोनीहरू मा राखेर छुट्याउने चलन अझैपनि भारत, हजारभन्दा बढी, चीन, सय वरपर र अफ्रिका लगायतका ठाउँहरूमा प्रचलित छ। यद्यपि, धेरैजसो कोलोनीहरू (बस्ती) बन्द भएका छन्। कुष्ठरोगलाई धेरै पहिले देखि सामाजिक कलङ्कसँग जोडिँदै आएको छ । जसका कारणले गर्दा बिरामी स्वयंले यो बारे जानकारी गराएर प्रारम्भिक चरणमै उपचार प्राप्त गर्न हिचकिचाउँछ। त्यसैले कुष्ठरोगद्वारा प्रभावितहरू प्रति जागरुकता देखाउनको लागि सन् १९५४ देखि विश्व कुष्ठ रोग दिवस सुरू गरिएको हो ।








