आज यस्ताे छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

मंसिर २९, काठमाडौ । वि.सं. २०७६ मंसिर २९। आइतबार। इ.स. २०१९ डिसेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। तृतीया, ८:३१ उप्रान्त चतुर्थी। नक्षत्र– पुनर्वशु, ६:५० बजेदेखि तिष्य, २९:५२ बजेउप्रान्त अश्लेषा। योग– ब्रह्म, ९:४१ बजेउप्रान्त ऐन्द्र। करण– भद्रा, ८:३१ बजेदेखि वव, १९:४५ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी २ पला। कृष्ण प्रणामी महाराज छत्रशालको धामगमन 

मेष 

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । 

null

वृष 

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । 

मिथुन 

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

कर्कट 

धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । 

सिंह 

अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

कन्या 

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । 

तुला 

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । 

वृश्चिक 

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ । 

धनु 

वैचारिक मनमुटाव बढ्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । गरेको कार्यमा बाधा आउनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । 

मकर 

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् । 

कुम्भ 

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । 

मीन 

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =