बस र मोटरसाईकल ठोकिदा दुईजना गम्भिर घाइते
२०७६ असोज १२ गते

असोज १२ विराटनगर । विराटनगरको मुनालपतमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुईजना गम्भिर घाइले भएका छन् ।
गम्भिर घाइते हुनेमा पाँचथर फिदिमका अन्दाजी २० वर्षीया धनबहादुर तामाङ र २१ वर्षिया संजय तामाङ रहेको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिएका छन् ।
दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको को १ ख ४०४३ नम्बरके महालक्ष्मी यातायातको बसले विपरीत दिशामा जाँदै गरेको मे २ प ८७९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रवक्ता खिउजुले जानकारी दिएकाछन् ।

ठक्करबाट गम्भिर घाइते भएका दुबैको बिराटनगर स्थित बिराट नर्सिङ होमा उपचार भईरहेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता खिउजुले बताए ।
२०७६ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








