धर्म सम्बन्धी भ्रामक प्रचार गरी अफवाह फैलाउने जानकी पक्राउ

चैत्र १६, चितवन । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेका बेला धर्मलाई जोडेर भ्रामक कुरा गरी अफवाह फैलाउने एक जना महिला पक्राउ परेकी छिन् ।  

धर्म सम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका–७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुङगाना रहेकी छिन् । उनलाई १४ गते नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।  

विराटनगरबाट लागूऔषध सहित २ जना ...

उनले ‘तपाइँहरु येशुलाई विश्वास गर्नुस्, तपाईँहरुलाई केही हुँदैन, कोरोना भाईरसले समेत छुन सक्दैन’ भन्दै स्थानीयहरुमा भ्रम फैलाएको प्रहरीको आरोप छ ।  

पक्राउ परेकी ढुंगानामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =