भक्तपुरको राधे राधेमा टिपरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

 

                                                                          फाइल तस्विर 

असार १६, भक्तपुर । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । 

null

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिएका छन् । 

काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको उनले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =