कोरोना संक्रमित गायिका कनिका अस्पतालबाट डिस्चार्ज

चैत्र २४, काठमाडौं। कोरोना संक्रमित भारतीय गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन्। दुई साता लामो अस्पताल बसाइपछि उनी सोमबार बिहान डिस्चार्ज भएकी हुन्। 

कोरोना भाइरसको संक्रमण देखिएपछि गायिका कनिका लखनउको एसजीपीआई अस्पतालमा भर्ना भएकी थिइन्। आइतबार उनको पाँचौ कोरोना परीक्षण भएको थियो। उक्त परीक्षणमा उनमा कोरोना नदेखिएपछि डिस्चार्ज भएकी हुन्। 

सोमबार अस्पताले लगातार दुई पटक परीक्षण गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएपनि उनी घरमै दुई हप्तासम्म क्वारेन्टाइनमा बस्नु पर्ने छ। लन्डनबाट फर्केकी उनमा कोरोना संक्रमण देखिएको हो।  

भारतीय गायिका कनिका कपुरमा कोरोना ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =