थाहा पाउनुस् प्रियंका–निकले आफ्नो बिवाहमा कती करोड खर्च गरेका थिए

  

पुस ३ ।  इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् ।  

पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छन् । स्मरण रहोस्, विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । यी चार दिनमा कुनै पनि बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाइएको थियो । 

Related image

उक्त कार्यक्रममा पुनितले कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’ 

स्मरण रहोस्, यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए । यी दुई सेलिब्रिटीको विवाहले अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो । 

संगीत कार्यक्रममाथि बनाउनेछन् वेब सिरिजः 

प्रियंका चोपडा र निक जोनस संगीतत कार्यक्रमबाट प्रेरित भएर सिरिज बनाउने तयारीमा छन् । उनीहरुको यो प्रोजेक्टलाई अमेजन प्राइम भिडियोले हरियो झण्डा देखाएको छ । नायिकाले यो कुराको घोषणा इन्स्टाग्राममार्फत् गरेकी थिइन् । 

उनले एक अंग्रेजी वेबसाइटको स्क्रिन सट सेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो विवाहको संगीतमा दुई परिवारले संयुक्त प्रस्तुती दिएको थियो । एउटा यस्तो प्रस्तुती जसले हाम्रो प्रेम कहानी दर्साउँछ । हामीले जीवनभरी नबिर्सिने एक विशेष पल ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =