कोइराला परिवारसँग विवाद छैन – सभापति देउवा

मंसिर ४, विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महासमिति बैठकपछि काँग्रेसभित्र देखिएको विवाद हटेर जाने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको सभापति देउवाको भनाइ छ । 

साथै उनले काइराला परिवारसँग कुनै विवाद नरहेको जिकिर गरे । उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । 

null

सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =