आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही

 

जेठ २९, नयाँ दिल्ली । भारतमा अब छोराछोरीबाट पीडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता हटेको छ । उनीहरुले सरकारबाटै न्याय पाउने भएका छन् । 

भारतको बिहारमा बुढेसकालमा आमा बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने भएको छ । 

null

भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई उजुरीका आधारमा कारवाहीको दायरामा ल्याउने निर्णय हो । अब त्यहाँ छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान गर्नेछ । 

वृद्धाअवस्थाका आमा–बुवालाई प्रताडित गर्ने सन्तानमाथि कारवाहीका लागि बिहारमा २००७ मै कानुन निर्माण गरिएको थियो । तर, अहिलेसम्म उक्त कानुन अनुसार कुनै पनि जेष्ठ नागरिक फेमिली कोर्ट गएका छैनन् भने कुनै पनि व्यक्तिले आफ्ना सन्तान विरुद्ध उजुरी पनि दिएका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =