धादिङमा बोलेरो जिप दुर्घटना : पाँचको मृत्यु, १० जना घाइते

धादिङ, ७ असार । गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गल्छीको सिरुबानीबाट बैरैनी बजारतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी गल्छी गाउँपालिका–४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार र गल्छी गाउँपालिका–६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङको घटनास्थलमै तथा २१ वर्षीय सविता अधिकारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
null
त्यसैगरी, दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा गल्छी गाउँपालिका–४ बस्ने ६२ वर्षीय विष्णु अधिकारी, ३५ वर्षीया सुनिता मिजार, २३ वर्षीया सुजिता अधिकारी, १५ वर्षीय सन्तोष रम्तेल, ७० वर्षीय कृष्ण सार्की, २८ वर्षीया रेनु भण्डारी, ३५ वर्षीय रामकृष्ण प्याकुरेल, २६ वर्षीया शुष्मा लामा र ठेगाना नखुलेका दुई जना पुरुष रहेका छन् ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ । बोलेरो जिप गाउँबाट तरकारीसहित यात्रु लिएर बैरेनी बजारतर्फ आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।








