हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु भएकाे पुष्टि

 

फागुन १५, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । 

पाथिभराको सिस्ने–खोला क्षेत्रमा उडानका क्रममा करिब साढे १ बजे दुर्घटना हुँदा ६ जना नेपालीसहित १ जना चालक दलका सदस्यको मृत्यु भएको हो । 

null

मन्त्रीपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे आधिकारिक जानकारी दिइसकेका छन् । 

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारका युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको हो । 

सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिइसकेको छ । तर त्यहाँ हेलिकप्टर ल्याण्ड गर्न नसकेको बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =