निद्रा नलागेर चिन्तित हुनुहुन्छ त्यसो भए यसो गर्नुस्

असाेज १४ । आजकल धेरै मानिस राति निद्रा नलाग्ने समस्याबाट ग्रसित हुन्छन् । जसले गर्दा दिनभर नै थकि, तनावयुक्त तथा अल्छी हुन्छन् । उमेर ढल्कँदै जाँदा, शारीरिक थकान वा मानसिक तनावले अझ बढी निद्रा लाग्दैन ।  

यस्तो समस्याबाट मुक्ति पाउन शारीरिक कसरत तथा योग, प्राणायाम उपयुक्त 

 १  दैनिक खाली खुट्टा हिँड्ने : आफ्नो अवस्था हेरेर दैनिक करिब १० देखि १५ मिनेट खाली खुट्टा दुबो या घाँसमा हिँडडुल गर्दा फाइदा हुन्छ । अत्यन्तै मोटोपन, घुँडा वा खुट्टासम्बन्धी कुनै रोगका कारण सहज हिँडडुल गर्न नसक्ने अवस्था भएमा भने लठ्ठी वा अन्य मानिसको सहयोग लिएर हिँड्नु फाइदाजनक हुन्छ । 

Related image

 २ पानीमा खुट्टा डुबाउने : मनतातो पानीलाई केही गहिरो भाँडामा राखी थोरै नुन राखेर घोल्ने । त्यसपछि सो नुनपानीमा खुट्टालाई गोलिगाँठोभन्दा केही माथिसम्म करिब १० देखि १५ मिनेटसम्म डुबाएर राख्ने । त्यसपछि पानीबाट निकालेर खुट्टालाई नरम कपडाले सुक्खा बनाएर पुछ्ने ।   

३ भ्रामरी ; यो एक प्राणायाम हो, जसले मस्तिष्कलाई कम्पन वा झन्झनाहट दिन्छ । यसरी शरीरलाई शिथिल बनाउँछ र आराम दिन्छ । मुखभित्र जिब्रोलाई माथिपट्टि दोबारी तालुमा टँसाउने । त्यसपछि मुख बन्द गरी नाकले भमरा वा मौरीको जस्तो आवज निकाल्दै श्वासलाई नाकबाट बाहिर निकाल्ने । यो प्रक्रिया करिब नौ पटक दोहोर्याउने ।  

४ पूर्ण आराम विधि:  सर्वप्रथम शरीरका सम्पूर्ण अंगप्रत्यागंलाई स्वतन्त्र रुपमा खुला बनाउने । हातलाई शरीरभन्दा करिब १५ सेन्टिमिटरको दूरीमा राखी खुट्टालाई फट्याएर मृत शरीरको रुपमा ओछ्यानमा सुत्ने । सम्भव भएसम्म सिरानीको रुपमा अत्यन्तै पातलो नरम कपडालाई दोबारेर राख्ने । त्यसपछि आफ्नो शिरको पाउसम्मका सम्पूर्ण अंगलाई नछोडी सम्झिँदै जाने । सबै अंगमा आराम हुँदै गएको सूचना आफ्नो मस्तिष्कलाई दिँदै जाने । उक्त प्रक्रिया दोहोर्याउँदै जाने क्रममा हामी सहजै निदाउँछौँ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =