जापानका विदेशमन्त्री नेपाल आउँदै
२०७५ पुस १४ गते

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
null
सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्नेछन्। परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नेछन्।
२०७५ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








