नेपाली विद्यार्थीको उच्च शिक्षाका लागि पहिलो डेस्टिनेशन बन्दै यूके

कात्तिक २८, काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको पछिल्लो रोजाई यूके अर्थात बेलायत परेको छ । यस अघि अस्ट्रेलिया विद्यार्थीको पहिलो रोजाईमा परिरहेको थियो तर, विचमा अस्ट्रेलियन भेट कलेजहरुमा देखिएको समस्याले विद्यार्थीहरु अन्यत्र मोडिएका छन् ।   

बेलायतले सन् २०२० बाट विदेशी विद्यार्थीलाई अध्ययनका लागि आउने बाटो सहज बनाइदिएको कारण नेपाली विद्यार्थीहरुको रोजाई अस्ट्रेलियाबाट यूकेतिर डाइभर्ट भएको शैक्षिक परामर्श ब्यवसायीहरुको धारणा छ ।   

‘अस्ट्रेलियाको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा भएपनि केहि समय यता अस्ट्रेलियाले भिसामा टाइट गरेका कारण विद्यार्थी अन्यत्र डाइभर्ट भएका हुन् । तरपनि नराम्रो अवस्था भने छैन ।’ पुतलीसडक स्थित एक कन्सल्टेन्सी सञ्चालक भन्छन् ।   

Image result for Uk student

एक वर्ष अघिसम्म अस्ट्रेलियाका लागि विशेष परामर्श गर्दै आएका उनले अहिले यूकेलाई प्रमोट गरिरहेका छन् । ‘अस्ट्रेलिया अझैपनि विद्यार्थीको रोजाईमा छ तर, भिसा पहिलेको जस्तो छैन ।’ उनी भन्छन् । 

यूकेमा अध्ययन पुरा गरेपछि २ वर्षको वर्किङ भिसा अप्लाई गर्न पाउने भएपछि विदेशी विद्यार्थीको मोह बढेको हो । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टरिजा मेले अन्तराष्ट्रिय विद्यार्थीलाई अध्ययन पुरा गरेको ४ महिना भित्रै बेलायत छाड्नु पर्ने नियम लगाएकी थिइन् । यसले त्यसबेला उच्च शिक्षाका लागि बेलायत गएका धेरै नेपालीलाई समेत असर गरेको थियो ।   

गएको सेप्टेम्बरमा घोषणा गरिएको नयाँ नियमले विदेशी विद्यार्थीलाई बेलायत प्रवेश गर्ने ठूलो अवसर सृजना गरेको शैक्षिक परामर्श व्यवसायीको धारणा छ । ‘यूकेको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा हो भन्नेमा दुइमत छैन । विगतमा नेपाली विद्यार्थीलाई यूके प्रवेशमा समस्या थियो । तर, दूई महिना अघि बेलायती सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो सहज बनाइदिएको छ ।’ यूकेलाई नै केन्द्रित गरी शैक्षिक परामर्श गर्दै आइरहेको राइटपाथ करियर काउन्सेलिङका संस्थापक सिइओ फिलिप डिसी भन्छन्–‘यूकेले विदेशी विद्यार्थीले अध्ययन पुरा गरेपछि २ वर्षे वर्क परमिट भिसा समेत दिने भएको छ । यसले यूके गएर उच्च शिक्षा अध्ययन गर्ने चाहना भएका विद्यार्थीलाई ठूलो अवसर सृजना गरेको छ ।’ 

फिलिप डिसीका अनुसार राइटपाथ बाट मात्रै गएको इन्टेकमा युके अध्ययनका लागि जाने विद्यार्थीको संख्या दर्जनौं छ । यूकेले अन्तराष्ट्रिय विद्यार्थीका लागि आफ्नो निती खुल्ला बनाउँदैछ भनेर जानकारी पाए लगत्तै यूकेका लागि काम थालेका उनीसँग यूकेका टप युनिभर्सिटी र कलेजहरु छन् । ‘जो विद्यार्थी जेन्युन छ, जसको शैक्षिक योग्यता राम्रो छ ती विद्यार्थीलाई यूके अध्ययन गर्न जान सहज भएको छ । हामीसँग यूकेका टप युनिभर्सिटी र कलेज छन् ।’ डिसी भन्छन् ।   

उनले अहिले यूकेलाई नै प्रमोट गरी विभिन्न शैक्षिक सेमिनार समेत गरिरहेका छन् । जहाँ यूकेका विश्विद्यालय र कलेजबाटै प्रतिनिधि आएर विद्यार्थीलाई काउन्सेलिङ गरिरहेका छन् ।   

राइटपाथले भोलीबाट काठमाडौं, चितवन र हेटौंडामा ‘स्टडी इन यूके ग्राण्ड सेमिनार’ पनि गर्दैछ । उक्त सेमिनारमा यूकेको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटि अफ हुडरसेफिल्डका प्रतिनिधिबाटै विद्यार्थीलाई काउन्सेलिङ गर्ने कार्यक्रम छ । यस विश्वविद्यालयले अंग्रेजी माध्यमबाट कक्षा १२ उत्तिण गरी ६० प्रतिशत अंक ल्याएका विद्यार्थीको हकमा आएल्स नगरेपनि भर्ना लिने छ । यसका अलावा तीन लाखको छात्रबृत्ति समेत दिने भएको छ ।   

यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा विद्यार्थीहरुलाई आफ्नै घरदैलोमा जानकारी दिने उद्देश्यले सेमिनारको आयोजना गरिएको राइटपाथको दावि छ ।  ‘अहिले युकेको शिक्षाका बारेमा विद्यार्थीमा जिज्ञासा रहेकामा यूकेकै विश्वविद्यालयका प्रतिनिधिबाटै प्रत्यक्ष रुपमा जिज्ञासा मेटाउन सेमिनार गरिएको हो ।’ सिइओ डिसी भन्छन् ।   

राइटपाथको सेमिनारमा विद्यार्थीले यूकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरुको जानकारी मात्र पाउँदैनन्, त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छकि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ समेत विज्ञ तथा मान्यताप्राप्त काउन्सलरबाट पाउन सक्छन् ।   

पछिल्लो समय राइटपाथ भनेकै यूकेकै लागि भन्ने विद्यार्थी अभिभावकमा परेको सिइओ फिलिप डिसीको भनाई छ । ‘हामी यूकेका लागि ब्राण्ड बनेका छौं, त्यो ब्राण्डलाई जोगाउन पनि विद्यार्थीलाई जेन्युन काउन्सेलिङ गर्दै उनीहरुको अर्बोड स्टडीको सपना साकार पार्न लागिरहेका छौं ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =