काँग्रेस नेता सज्जन कुमारसहित ४ जनालाई जन्मकैदको सजाय
मकालु खबर
२०७५ पुस २ गते
पुस २, नयाँ दिल्ली । १९८४ को सिख विरोधी दंगा मामिलामा दिल्ली उच्च अदालतले सोमबार काँग्रेस नेता र पूर्व सांसद सज्जन कुमारलाई जन्मकैदको सजाय सुनाएको छ ।
उनलाई ३१ डिसेम्बर सम्म आत्मसमर्पण गर्न आदेश दिइएको छ । सांसद सज्जनलाई अपराधिक षडयन्त्र रचेकाे र दंगा भड्काएको भन्दै अदालतले दोषी ठहर गरेको हो । साथै सज्जन कुमारलाई पाँच लाख रुपैयाँको जरीवाना पनि सुनाएको छ ।
null
उच्च अदालतले सज्जन बाहेक अन्य तीन जनाः क्याप्टेन भागमल, गिरधारी लाल र काँग्रेसका पार्षद बलवानलाई पनि दोषी ठहर गरिएको छ ।
मकालु खबर
२०७५ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित