न्यूयोर्कमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु
२०७७ वैशाख ५ गते

वैशाख ५, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्यूयोर्कबासी ६९ वर्षीय महेश अमात्यको स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाडौं स्थायी घर भएका अमात्य केही महिना पहिले मात्रै अमेरिका गएको बुझिएको छ । उनका एक श्रीमती र ३ छोरा छन् ।
अमात्य सहित अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ८ पुगेको छ ।

२०७७ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








