नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशतः केन्द्रीय तथ्यांक विभाग

बैशाख १३, काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत मात्रै रहने अनुमान सार्वजनिक गरेको छ ।
सरकारको लक्ष्य ८ प्रतिशत आर्थिक वृद्धिदर रहेपनि केन्द्रीय तथ्यांक विभागले विभिन्न सुचांकहरुको अध्ययन गर्दै ७ प्रतिशतभन्दा कम आर्थिक वृद्धि रहने अनुमान गरेको हो । आर्थिक वर्ष २०७४–०७५ मा आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको थियो ।
null
तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो वर्ष नेपालको अर्थतन्त्रको आकार २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ ।
विभागको तथ्यांकअनुसार नेपालको प्रतिव्यक्ति आय चालू आवमा १ हजार ३४ अमेरिकी डलर रहने छ । गत वर्ष नेपालीको आम्दानी १ हजार ४ डलर रहेको थियो।
अहिलेको डलर भाउ अनुसार नेपालीको वार्षिक आम्दानी १ लाख १७ हजार ४ सय ५३ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
यस्तै चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत विभागको अनुमान छ।








