विराटनगरका व्यवसायीलाई हात धुने व्यवस्था मिलाउन आग्रह

चैत्र ८, विराटनगर । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न महानगरपालिकाले विराटनगरका प्रत्येक पसल संञ्चालकहरुलाई सावुन पानीले हात धुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।   

महानगरपालिकामा शनिबार बसेको बैठकमा नगर प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा रहेका ठूला तथा साना व्यवसायीलाई सावुन पानीले हात धुने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।   

कुनै पनि पसल गरेका व्यवसायीले हात धुने व्यवस्था नगरे पसल नखोल्न समेत चेतावनी दिएका छन् । छलफल कार्यक्रममा विराटनगरका होटल व्यवसायीले अहिले खाली रहेका होटहरुका कोठालाई समेत क्वारेन्टाईनका लागि उपलब्ध गराउन सक्ने होटल व्यवसायी राजन श्रेष्ठले बताए ।   

कोरोनाको सन्त्रासका कारण हाल विराटनगरका अधिकांश होटलहरु खाली रहेकाले आफूहरुले क्वारेन्टाईनका लागि कोठा उपलब्ध गराउन सक्ने श्रेष्ठको भनाई छ । त्यस्तै प्यावसन नगर अध्यक्ष ईन्द्र राईले महानगर भित्र बसोबास गर्ने प्रत्येक नगरबासीको घरमा गएर कोरोना रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना अपनाउन जाकारी दिनुपर्ने बताए ।   

महानगरले विराटनगरका अन्य ६ स्थानमा हेल्थ डेस्क राख्ने तयारी गरेका छन् । महानगर भित्र प्रवेश गर्ने मुख्य नाका बुधहाट चोक, हनुमान मन्दिर, पुष्प लाल चोक, पश्चिम सुनसरीबाट प्रवेश गर्ने केसलिया मार्ग, जामुनगाछी र भातिगछका स्थानहरुमा हेल्थ डेस्क राख्ने तयारी रहेको महानगरले जनाएको छ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =