कोरोना राहत कोषलाई बराहद्वारा १९ लाख प्रदान

धरान, सुनसरी । धरानस्थित बराहले कोरोना राहत कोषलाई १९ लाख रुपैयाँ सहयोगस्वरुप प्रदान गरेको छ । बराहले धरानमा रहेको कोरोना राहत कोषमा ७ लाख ६० हजार र केन्द्रीय स्तरमा स्थापना भएको राहत कोषमा ११ लाख ४० हजार रुपैयाँ जम्म हुने गरी कुल १९ लाख प्रदान गरेको हो ।
बराहका अध्यक्ष शिब कुमार लामिछानेले प्राईम बैकको चेक धरानका मेयर तिलक राईलाई हस्तन्तरण गरेका हुन् । लामिछानेले बराहको काडमाडौं, पोखरा, चितवन धरान लगायतका देशभरी कार्यर कर्मचारीहरुको तलबबाट संकलन गरी उठाएको रकम प्रदान गरेको बताए । उनले आगामी दिनमा पनि परि आएको खण्डमा सक्दो सहयोग गर्नै प्रतिवद्धता ब्यक्त गरेका छन् ।
देशैभरी कोभिड १९ अर्थात कोरोना भाईरसको महारी फैलिरहेको अवस्थामा नेपालका धनाढ्यहरुले सरकारलाई आर्थिक रुपमा सहयोग गर्न पछि परेको भन्ने खबर बाहिर आएपछि आलोचनात्मक टिप्पणी खेप्नुबाट बच्न विभिन्न ब्यापारीक घरानाहरुले धमाधम राहत प्याकेज घोषणा गर्दै सरकारलाई सहयोग गर्न थालेका छन् ।

त्यसको पछिल्लो उदाहरण भने धरान स्थित रहेको बराह अर्थात बिजी गु्रप देखिन आएको छ । बराहले आज सोमबार मात्र धरानमा स्थानीय सरकार र केन्द्रमा केन्द्रीय सरकारलाई राहत घोषणा संग प्रदान गरी यस्ता टिप्पणी खेपिनबाट जोगिने प्रयास पनि गरेको हो ।
यहि बिषयलाई लिएर गत शनिबार मोरङबाट सञ्चालित जनचर्चा डटकम नामक अनलाईनले ठुलठुला ब्यापारीक घरानाहरु मुलुक संकटमा परेको बेला दुलो पसेको खबर पोष्ट गर्दै सामाचार प्रकाशन गरेको थियो ।
जसमा मुलुककै ठुला व्यवसायी मानबहादुर विश्वकर्मा र उनीसँग सम्बन्धित बराह ग्रुपको नाम समेत आएको थियो
सो अनलाईनका अनुसार मुलुकमा यत्रो ठुलो विपत आईरहँदा बराहले हालसम्म कोरोना विरुद्ध लड्न एक फुटी कौडी सहयोग नगरेको उल्लेख गरेका थिए ।
एता हाल धरानमा भने बराहले खाद्यान्य होमडेलेभरीका साथै खानेपानीको समस्या आपुर्ति,सहकारीको सेवा तथा सुनसरी उद्योग बाणिज्य संघ मार्फत सहयोग लगायतका कार्यहरु समेत गरीरहेको लामिछानेले जानकारी दिए ।
हालसम्ममा धरानमा स्थापना गरेको राहत कोषमा २९ लाख ६० हजार नगद रकम जम्मा भईसकेको धरानका मेयर तिलक राईले जानकारी दिए ।








