ललितपुरमा पार्किङमा राखेको स्कुटरमा आगजानी गरेर फरार भए व्यक्ति

माघ २७, काठमाडौँ । सोमबार दिउँसो ललितपुरमा पार्किङमा राखिएको १५ मिनेटमै प्रदेश–३–०२–००८ प २७६४ नम्बरको स्कुटीमा आगजानी गरेर एक व्यक्ति फरार भएका छन् ।   

आज दिनको ३ बजेको समयमा  ललितपुरको १० कुपण्डोलस्थित हिमालय होटल नजिकै रहेको साकाओता मार्गमा अवस्थित एक घरको कम्पाण्डभित्र पार्किङमा राखेको स्कुटीमा आगजानी गरेर उक्त व्यक्ती फरार भएका हुन् ।   

एक प्रत्यक्षदर्शीका अनुसार सेतो सर्ट लगाएका आगजनी गर्ने सो व्यक्तिले बोतलमा पेट्रोल ल्याई स्कुटरमा आगो लगाई भागेका थिए ।  स्कुटर धनी पुरु मगिया आफ्नो  बुबाको वार्षिक पितृ कार्यका लागि कार्ड दिन भनी सो घरमा आएकाे बेला साे दुर्घटना हुन पुगेकाे हाे ।   

फरार व्यक्तिको खोजीकार्य भईरहेको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =