सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन

माघ ८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका अग्नि सापकोटाविरुद्ध काठमाडौंमा प्रदर्शन भइरहेको छ । 

कर्तव्य ज्यान मुद्दाको गम्भीर आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन भइरहेको हो । माइतीघरमा भइरहेको प्रदर्शनमा सापकोटाविरुद्ध नाराबाजी पनि भएको छ । 

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामूख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा सहभागीले लगाएका छन् । 

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए । 

अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =