नेपाल प्रहरीद्वारा १ सय ४९ इन्स्पेक्टर र ५ सय ८४ असईको माग

माघ १, काठमाडौँ ।  नेपाल प्रहरीद्वारा रिक्त रहेका १४९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ५८४ प्रहरी सहायक निरीक्षक (असई) पदका लागि नयाँ भर्ना खुलाईएको छ । 

नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को भर्ना खोलेको हो।   

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले भर्नाबारे जानकारी गराउँदै खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग भएको छ। 

Image result for नेपाल प्रहरी

उच्छुक र योग्य उम्मेदवारले यही  माघ ५ देखि  फागुन ११ गतेभित्र बिहान १० बजे देखी साँझ ५ बजे सम्म सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन  आवेदन दिन सक्नेछन् ।   

महानगरीय प्रहरी कार्यालय (रानीपोखरी काठमाडौं), प्रदेश १ प्रहरी कार्यालय (विराटनगर), प्रदेश २ प्रहरी कार्यालय (जनकपुर), बागमती प्रदेश प्रहरी कार्यालय (हेटौंडा), गण्डकी प्रदेश प्रहरी कार्यालय (पोखरा) प्रदेश ५ प्रहरी कार्यालय (दाङ), कर्णाली प्रदेश प्रहरी कार्यालय (सुर्खेत) सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय (दीपाय)मा ईच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =