‘क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौं’ खानेपानी मन्त्री मगर

 

पुस २८, भक्तपुर । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएकी छिन् ।  

भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले परिवर्तन गर्नुपर्ने बताएकी हुन् । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्–‘रोग संग लड्ने आत्मबल बलियो बनाऔं । जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौं । त्यसैले क्यान्सर भएका बिरामीहरुलाई आग्रह गर्छु आत्मबल दरो बनाइ गाउँ समाजमा सान्त्वना दिनु होला ।’  

उनले क्यान्सरलाई भयावहको रूपमा होईन कि सामान्यीकरण गर्नुपर्ने औल्याइन । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन उनले सबैलाई आग्रह गरिन् ।  

भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाइन् ।  

 

मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुन देवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गरिन् । शुद्धीकरण सहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो । कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।  

यसै बीच क्यान्सर पीडित व्यक्तिहरुले मन्त्री मगरसँग भेटघाट गर्दै सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका थिए । 

उनीहरूको माग सुनिसके पछि मन्त्री मगरले सरकारको तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =