साँढे ४ किलो चरेस सहित सहित दुई पक्राउ

असोज २८, काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले अबैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जका चेकजाँचको क्रममा गंगवुबाट चरेस सहित दुई जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले चेक जाँचको क्रममा गंगवुबाट जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरि नगरपालिका थानकोट बस्ने वर्ष २३ को भुवन बुढामगर र नलगाढ नगरपालिका ३ घर भई चन्द्रागिरि थानकोट काठमाडौं बस्ने वर्ष २८ को नविन प्रकाश पुनलाई साढे ४ किलो अवैध लागु औषध चरेस सहित  पक्राउ गरिएको बताए । 

पक्राउ गरिएका दुईलाई थप अनुसन्धान गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =