अध्यागमनकै मिलेमतोमा डरलाग्दो मानव तस्करी, सेटिङमै पुर्याइन्छ अरबदेखि यूरोपसम्म

असोज २९, काठमाडौँ । अध्यागमन कार्यालयकै मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगत लामो समयदेखि सेटिङमा मानिसहरूलाई प्रस्थान अनुमति दिइरहेकोमा केही समयअघि अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढिरहेको छ ।   

२०७६ साउन २२ गते पराजुली पक्राउ परिसकेपश्चात् अध्यागमन कार्यालयमा सेटिङमा कामकाज गर्नेहरूको होस् हवास उडेपछि २३ गते बेलुकाको सत्रमा करीव ६५ जना कतार र दुवई तथा युरोपियन मुलुकमा भिजिट भिसामा जाने व्यक्तिलाई अध्यागमन कार्यालयले विभिन्न बहाना बनाई प्रस्थान अनुमति नदिनुले पनि सो कार्यालयको सेटिङ छर्लङ्ग भइसकेको थियो ।   

पराजुली पक्राउपछि उक्त कार्यालयमा कार्यरत बरिष्ठ अध्यागमन अधिकृत राजेश पन्थी, बेदप्रसाद खरेल, अध्यागमन अधिकृतहरू दिवाकर शर्मा, रामचन्द्र सिवाकोटी, दीपेन्द्र पौडेल, रोहित भट्टराई, टुक्ति शेर्पा, बन्दनाकुमारी ढुंगाना, सन्तोष पौडेल, सरस्वती अधिकारी खनाल समेतका व्यक्तिले आपसी मिलेमतो गरी सेटिङमा मानिसहरूलाई प्रस्थान अनुमति दिने र सेटिङबाहेकका मानिसहरूलाई अनावश्यक हैरानी दिई दुव्र्यवहार गरी अफलोडसमेत गर्ने गरेको उजुरी अख्तियारमा परेको छ ।  

null

उल्लेखित सिलसिलामा उल्लेखित कर्मचारीहरूको एक एक विवरण साँघुमा प्राप्त भएको छ । राष्ट्रिय अनुसन्धान विभाग स्रोतले साँघुमा पठाएको विवरणमा उनीहरूमाथि कारबाही गर्न माग गर्दै प्रमुख आयुक्तको ध्यानाकर्षण गराइएको छ ।   

को को संलग्न छन् ? 

बरिष्ठ अध्यागमन अधिकृत बेदप्रसाद खरेलले अध्यागमन कार्यालयमा कार्यरत रहेदेखि नै विभिन्न प्रकारका ट्राभल एजेन्सी तथा एजेन्टहरूस“ग सम्पर्क गरी व्यक्तिहरूसँग मोटो रकम लिई प्रस्थान अनुमति दिने कार्यमा भूमिका खेल्दैआएका छन् ।  

जस अन्तर्गत उनले २९ जुलाई २०१९ मा अशोक परियार, अर्जुन महतो, अशोशकुमार चौधरी थारु,  दलबहादुर चौधरी, देउप्रसाद श्रीस पुन,  धिरज श्रेष्ठ, ढकेन्द्र चर्मकार, दिलप्रकाश विश्वकर्मा, दिनेश सुनार, खेमलाल सापकोटा, हरि घर्ती,  लोकबहादुर बुढाथोकी लगायतका ब्यक्तिलाई प्रतिव्यक्ति रु ५० हजार लिई यूरोपियन मुलुक क्रोयशिया पठाएका छन् । 

 त्यसैगरी ३० जुलाई २०१९ मा राहुल पटेल, राजन गैरे, रोशन ओली, साजन श्रेष्ठ, संजय श्रेष्ठ लगायत ७ जनालाई यूरोपियन मुलुकमा पठाएका छन् । उनले विभिन्न समयमा विना सेटिङ जा“दा अफलोड गर्ने गरेका छन् । अध्यागमन अधिकृतहरूस“ग मिलेमतो गरी अन्य अधिकृतहरूलाई अनावश्यक दबाब दिई मानिसलाई प्रस्थान अनुमति दिलाउन बाध्य पारेका छन् ।   

अर्का बरिष्ठ अध्यागमन अधिकृत राजेश पन्थी अध्यागमन विभागले अवैधानिक रुपमा गठन गरेको अफलोड भएका व्यक्तिहरूको गुनासो सुन्ने समितिको संयोजक हुन् । तर तिनै अफलोड भएका व्यक्तिहरूबाट प्रतिव्यक्ति १ लाखदेखि डेढ लाखसम्म लिई रिलोड गर्ने निर्णय गरेको र अध्यागमन अधिकृत रामचन्द्र सिवाकोटीसँग मिलेमतो गरी मानिसहरूलाई विभिन्न देशमा पठाउनका लागि मुख्य भूमिका निर्वाह गरेको र अधिकृतहरूलाई अनावश्यक दबाब धाकधम्की दिई प्रस्थान अनुमति दिलाउने गरेको त्यही कार्यरत अधिकृतहरूले गुनासो गर्ने गरेका छन् ।   

२०७६ असोज ९ र १३ गते सफल सुनुवार, सकमली गुरुङ, नजमेल कवारी, देवीमाया तामाङलाई दुवईमा पठाएका छन् । उनीहरू खाडी राष्ट्रमा बैदेशिक रोजगारीकै लागि गएका हुन् । बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति चाहिनेमा पछिल्लो पटक अध्यागमनमा सेटिङ गरी जाने क्रम बढेको छ ।  

यसरी जानेमा महिलामात्र होइन, पुरुष पनि छन् । महिलालाई खाडी राष्ट्रमा बैदेशिक रोजगारीमा जान रोक लगाइएको छ । तर अध्यागनमा प्रतिब्यक्ति १ लाख ५० हजार रुपैयाँ घुस बुझाएर दलालहरूले खाडी राष्ट्रमा पठाउने क्रम तीव्र बनाउँदै आएका थिए । तर पराजुली पक्राउपछि केही कमी आएको छ । तर, रोकिएको छैन ।   

सन् २०१९ अक्टोबर ६, ७ र ९ मा ३९ जना महिला र पुरुषलाई दुवईमा भिजिट भिसा र टुरिष्ट भिसामा बैदेशिक रोजगारीमा पठाइएको छ । सोही मितिमा अध्यागमन सेटिङ गरी स्पेन, फ्रान्स र रसियासमेत मानिसहरू पठाइएको छ । विशाल केसी, प्रदीपकुमार साह र सिमोन घिसिङ स्पेनमा पठाइएको छ । त्यसैगरी, देवबहादुर मगर, रमेश तामाङ, रुक्मागत बस्याल, पदमनारायण श्रेष्ठ, रमेशसिंह धामी, विजय घले फ्रान्स र आनन्दकुमार ठाकुरलाई रुस उडाइएको छ ।   

अध्यागमन अधिकृत दिवाकर शर्माले २०७६ असोज ९ गते ड्युटी डी सेभेन भिजिटमा रहेको र विभिन्न मानिसलाई गैरकानूनी ढंगले प्रस्थान अनुमति दिनका लागि फोन तथा म्यासेज गर्ने गरेका छन् । सो कुराको सीसीटीभी फुटेज समेत समेत मगाई अख्तियारले हेर्नु जरुरी छ । उनले करीव साढे दुईदेखि ३ बजेको समयमा सेटिङ्ग कोठामा गई दुईवटा मोबाइल फोन चलाई मानिसहरूसँग वार्तालाप गरेको र कागजको टुक्रामा नाम समेत टिपेको र प्रस्थान अनुमति दिने गरेको खुल्नेछ । 

सो मितिभन्दा अगाडि समेत उनले अध्यागमन कार्यालयमा विभिन्न समयमा सेटिङमा काम गर्ने गरेको  र मिति २०७६ असोज ९ मा करीब सवा दुई बजेतिर दुई जना महिला नन्दा जोशी र उषाकुमारी राउत, जीवन बिष्ट, लोकेन्द्रबहादुर लिम्बु, राजीव जोशी, सुनिल थकाली, रमेश गुरुङ र वीरेन्द्रकुमार लावतीलाई यूरोपियन मुलुक फ्रान्स जान शर्माले प्रस्थान अनुमति दिएका थिए ।   

त्यसैगरी सुनिल विक र दोर्जे शेर्पालाई स्पेन उडाएका छन् । जसको अध्यागमन कार्यालयबाट सीसीटीभी फुटेज मगाएर हेरेमा प्रष्ट हुनेछ । यसरी जानेहरूले अध्यागमन सेटिङका लागि प्रतिव्यक्ति १–१ लाख बुझाएको उल्लेख छ । जसमा दीपेन्द्र पौडेलको समेत मिलेमतो रहेको थियो । अध्यागमन कार्यालयमा पौडेल यो समेत गरी ३ पटक सरुवा भएर आएका हुन् । 

उल्लेखित मितिमा उनको ड्युटी भिजिट डेस्कमा परेकोमा शर्माले आफूले र आफूसँगैको डेस्कमा रहेका अध्यागमन अधिकृतहरूले सेटिङमा ल्याएका मानिसहरू बाहेक अन्य सोही प्रकृतिका मानिसहरूलाई विनाकारण अफलोड गर्ने गरेको जसको अध्यागमन कार्यालयबाट रेकर्ड झिकाएर हेर्न माग गरिएको छ । 

रामचन्द्र सिवाकोटी, दीपेन्द्र पौडेल, रोहित भट्टराई, बन्दनाकुमारी ढुंगाना, टुक्ती शेर्पा र सरस्वती अधिकारी खनालहरू विभिन्न समयमा विभागीय कारवाहीमा समेत परेका अधिकृतहरू हुन् । उनीहरूले हालैका दिनमा र यस अघिका दिनमा समेत सेटिङमा कामकाज गर्ने गरेका र अध्यागमन अधिकृत सन्तोष पौडेलसँग मिलेमतो गरी मानिस डेस्कसम्म ल्याउने र उनीहरूले प्रस्थान अनुमति दिने गरेका छन् । यो समाचार हामीले साँघुबाट साभार गरेका हौँ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =