सोलुुखुुम्बुुमा भारतीय नागरिकको मृत्युु
२०७५ मंसिर २४ गते

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४, लुक्लामा आइतबार १ भारतीय नागरिकको मृत्यु भएको छ।
भ्रमणका लागि गत मंसिर १६ गते नेपाल आएका ३० वर्षीय रविकान्त मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। उनी रामबेलर्स नेपाल ट्रेकिङ ऐन्ड एड्भेन्चर प्रालि नेपालगन्जमार्फत भ्रमणमा आएका हुन्।
सगरमाथा बेस क्याम्प जाने क्रममा स्थानीय याक होटलमा बास बसेका मिश्रलाई श्वास बढ्ने र मुखबाट फिँज आउने समस्या देखिएको थियो।
null
उनलाई उपचारका लागि निकोलनिकी अस्पताल सोलुखुम्बु लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।
२०७५ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








