उज्यालो नेपालका अभियन्ता घिसिङलाई सम्मान

पुष १८, चितवन ।  नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई चितवनको सौराहामा सम्मान गरिएको छ ।   

क्षेत्रीय होटल संघ चितवनले हात्ती महोत्सवको समापनका अवसरमा शुक्रवार घिसिङलाई सम्मान गरेको हो । नेपाललाई लोड सेडिङ मुक्त बनाउदै पर्यटन क्षेत्र फस्टाउन सफल बनाउन अहम भूमिका निर्वाह गरेको भन्दै उज्यालो नेपालका अभियन्ताका रुपमा घिसिङलाई सम्मान गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । 

महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथी विष्णु प्रसाई र संघका अध्यक्ष भट्टराईले घिसिङलाई प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरे । समापन कार्यक्रममा सहभागीहरुले घिसिङले गरेको कामको प्रसंसा गर्दै अन्यले पनि सिको गर्नु पर्ने औल्याए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =