पर्सा खैरहनी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पुष १४ चितवन । चितवनको खैरहनीमा रहेको पर्सा खैरहनी जेसिजको अध्यक्षमा कबिर श्रेष्ठ निर्वाचित भएका छन् । सन् २०२० को लागि शाखाको साेमबार भएको १९ औँ अधिवेसन तथा २० औं साधारणसाभामा श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचत भएका हुन् । 

त्यस्तै कायकारिणी उपाध्यक्षमा विकास पौडेल , विवेक न्यौपाने र मिरा चौधरी निर्वाचित भएका छन् । 

उपाध्यक्षहरुमा बलराम आचार्य , प्रशान्त आधिकारी डण्डुप लामा, निर्देशकमा प्रकाश गुप्ता , अञ्जन चौधरी र सिम्रन श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अमृत मल्लले जानकारी दिए ।   

शाखामा १ अध्यक्ष , ३ कायकारिणी उपाध्यक्ष , ३ उपाध्यक्ष र ३ जना निर्देशक रहने प्रावधान रहेको र आवश्यक संख्याको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत मल्लले बताए ।   

शाखाका अध्यक्ष शंकर कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष केशवराज पाठक , निर्वतमान अध्यक्ष अमृत मल्ल , नवनिर्वाचत अध्यक्ष कविर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =