कोरोना कहरः मनकामना केवलकार बन्द

  

चैत ६, चितवन । कोरोना भाइरसको संक्रमणको सजगताका लागि शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द हुने भएको छ। 

आज बिहिबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रा. लि. ले जानकारी दिएको हाे । 

कम्पनीका नायव महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो ।  

अब मनकामना केवलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । पछिल्लो केही दिन यता केवलकारमा यात्रा गर्न आउने घटेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =