चितवनमा तेस्रो इक्यान शैक्षिक मेला सुरू
“
भरतपुर, जेठ २५ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाले शुक्रबारदेखि तेस्रो इक्यान चितवन शैक्षिक मेला सुरू गरेको छ ।
चितवन प्रदर्शनी केन्द्रमा आयोजित मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री लामाले विदेशमा गएर अध्ययन गरी सिकेको सीप नेपालमा लगाउनुपर्ने बताए । ‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वेदशमा होस् या विदेशमा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको शैक्षिक मेलामा ६० वटा स्टल रहेका छन् । मेलाबाट उच्च शिक्षाका लागि विदेश जाने साेच बनाइरहेका विद्यार्थीले उच्च शिक्षाका विषयमा विविध विषयमा जानकारी पाउन सक्नेछन ।
अायाेजकले शैक्षिक मेलामा दक्ष तथा मान्यता प्राप्त काउन्सलरहरूकाे ब्यवस्था गरेकाे बताएका छन् । मेलामा प्रवेश शुल्क नलाग्ने र सहभागीहरुले वैदेशिक शिक्षाबारे सम्पूर्ण जानकारी पाउने इक्यान चितवनका अध्यक्ष भानु खरेलले बताए ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मेलाको प्रगतिको शुभकामना दिएका थिए ।
मेला जेठ २७ गतेसम्म चल्नेछ । शैक्षिक परामर्शको लागि चितवनका विद्यार्थीहरु मेलामा पुगेका छन् ।
“