राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु
२०७६ माघ ६ गते

माघ ६, काठमाडौं । यही माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ ।
निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।
राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ ।

२०७६ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








