सरकार संविधानका प्रावधान उल्ट्याउने प्रयासमा लागेको बालकृष्ण खाँडको आरोप

 

असार १६ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधान धरापमा पार्न खोजेको आरोप लगाएका छन् । 

६१ औं संसद दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खाँडले यस्तो आरोप लगाएका हुन् । 

null

नेता खाँडले भने, ‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढन म सबैलाई आग्रह गर्दछु । मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ ।’ 

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जिउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =